- परिचय
- काम कर्तव्य र अधिकार
- बैठकहरु
- सूचनाहरु
- गतिविधिहरु
- डाउनलोडहरु
- पदेन सदस्यहरु
- सदस्यहरु
- समितिका कर्मचारीहरु
समितिको परिचय
नेपालको संविधानले हरेक प्रदेशमा एक सदनात्मक प्रदेश सभा रहने व्यवस्था गरेको छ । प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ। लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यशक्तिको स्रोत जनतालाई मानिन्छ र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनताबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा नै गरिन्छ। संसदीय शासन प्रणालीमा सरकार प्रत्यक्षरूपमा संसदप्रति उत्तरदायी हुने हुनाले उसको गतिविधि तथा कार्यशैलीका सम्बन्धमा संसदमा नियमित रूपमा छलफल हुने गर्दछ । संसदको कार्यबोझ, आवधिक रुपमा चल्ने अधिवेशन, सिमित समय, हरेक निकायमा गहन ढंगले अध्ययन गर्न नसकिने अवस्था आदिलाई मध्यनजर गर्दै संसदको भूमिकामा ओझेल नपर्ने गरी संसदका नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदले आफ्ना सदस्यहरु रहने गरी विभिन्न समितिहरु गठन गर्दछन् । गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५६ मा विभिन्न चार विषयगत समितिहरु रहने व्यवस्था छ। सामाजिक विकास तथा कृषि समिति गण्डकी प्रदेश सभामा रहेका विषयगत समिति मध्येको एक महत्वपूर्ण समिति हो।
काम, कर्तव्य तथा अधिकार
संसदका कार्यको सुसञ्चालन, छिटो छरितो रुपमा होस् र बेला बेलामा पर्ने समस्याको सहज रुपमा निराकरण गरी सदनको सञ्चालनमा सहयोग पुगोस् भनी महत्वपूर्ण तथा आवश्यक विषयको लागि समिति गठन गर्न सक्ने सदनको असिमित अधिकार संविधानले सुरक्षित गरेको हुन्छ । नियमावलीले व्यवस्था गरे अनुसार सामाजिक विकास तथा कृषि समितिको कार्यक्षेत्र उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयहरु रहेका छन् । समितिले यिनै विषयहरुसँग सम्बन्धित विधेयक उपर दफावार छलफल गरी सभामा सो सम्बन्धी प्रतिवेदन पेस गर्ने, विधेयकको दफावार छलफल गर्ने क्रममा सोसँग सम्बन्धित सरोकारवाला र विषय विज्ञहरुसँग छलफल, अन्तर्क्रिया गरी राय सुझाव संकलन गर्ने । मन्त्रिपरिषद्का सदस्यहरुले सरकारको तर्फबाट सभामा समय-समयमा दिएका सरकारी आश्वासनको कार्यान्वयन तथा कानून कार्यान्वयनको अवस्था सम्बन्धमा आफ्नो क्षेत्राधिकारमा पर्ने विषयहरु उपर अध्ययन र प्रत्यायोजित व्यवस्था अन्तर्गत बनाइएका कानूनहरुको मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने गर्दछ ।
- कुनै विवरण उपलब्ध छैन ।
- कुनै विवरण उपलब्ध छैन ।
| S.N | पदेन सदस्यहरुः | नाम | सम्पर्क नं. |
| १ | उर्जा जलश्रोत तथा खानेपानी मन्त्री | मा. नन्द प्रसाद न्यौपाने | |
| २ | कृषि तथा भूमि व्यवस्था मन्त्री) | मा. भिम बहादुर कार्की | |
| 3 | सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री | मा. रेखा गुरुङ्ग | |
| ४ | स्वास्थ्य मन्त्री | मा. लक्ष्मण बहादुर पाण्डे |
मा. दिलमाया पौ.वि.
नेपाली काङ्ग्रेसबागलुङ
9867620335
मा. नन्द प्रसाद न्याौपाने
नेपाली काङ्ग्रेसगोरखा
9851040349
मा. भिम बहादुर कार्की
नेकपा एमालेकास्की
9856057766
मा. विन्दु कुमार थापा
नेपाली काङ्ग्रेसकास्की
9856024848
मा. महेश भट्टराई
नेपाली काङ्ग्रेसस्याङजा
9856050189
मा. भक्त बहादुर कुँवर
नेकपा एमालेपर्वत
9857645520
मा. महेन्द्रध्वज जि.सी
नेपाली काङ्ग्रेसनवलपरासी ((बर्दघाट सुस्ता पूूर्व)
9851015975
मा. रेखा गुरुङ
नेपाली काङ्ग्रेसपर्वत
9847673811
मा. लिल बहादुर थापा मगर
नेकपा एमालेबागलुङ
9851121805
मा. सरस्वती अर्याल तिवारी
नेपाली काङ्ग्रेसस्याङजा
9841368924
मा. लक्ष्मण बहादुर पाण्डे
नेकपा एमालेनवलपरासी ((बर्दघाट सुस्ता पूूर्व)
9851235095
मा. स्याम राजा महत
नेकपा एमालेतनहुँ
9861610967
मा. हरि बहादुर चुमान
नेकपा माओवादी केन्द्रतनहुँ
9856027621
मा. सुनिता थापा
नेपाली काङ्ग्रेसस्याङजा
9860032712
कल्पना त्रिपाठी
पद: माइक संचालक
9846035620
शुष्मा ढकाल अधिकारी
पद: नायब सुब्बा
9846263348
हेमराज बराल
पद: सहायक प्रशासकीय अधिकृत
9846039206
विष्णु माया विश्वकर्मा
पद: कार्यालय सहयोगी
9846324258
सभापती
मा. दमयन्ती रुचाल
