प्रदेश सभा

गण्डकी प्रदेश सभा सचिवालय

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo
गण्डकी प्रदेश सभाको पाँचौं अधिवेशनको संक्षिप्त विवरण तल प्रकाशन खण्डमा राखिएको छ।...........

अर्थ तथा विकास समिति


सभापति – मा. दिपक कोइराला
सम्पर्क मोबाईल नं.9856023161

...

सदस्यहरुःसम्पर्क मोबाईल नं.

मा. इन्द्र लाल सापकोटा9857621522
मा. चन्द्र मोहन गौचन9857650060
मा. जनकलाल श्रेष्ठ9857041229
मा. किरण गुरुङ9851121782
मा. मिन प्रसाद गुरुङ9856027636
मा. विनोद के.सी.9857624142
मा. रामशरण वस्नेत9856042701

पदेन सदस्यहरु:सम्पर्क मोबाईल नं.

मा.मन्त्री कुमार खड्का9856021043
मा.मन्त्री रामजी प्रसाद बराल 'जीवन'9856020668
मा.मन्त्री हरिशरण आचार्य9851006104
मा.मन्त्री मणिभद्र शर्मा9857621502
मा.मन्त्री चन्द्र बहादुर थापा9857624816
मा.मन्त्री दिपक थापा9856050022

समिति सचिव- रबिन्द्र घिमिरे
सम्पर्क मोबाईल नं.९८४६१४७६७४

...

काम कर्तव्य र अधिकार

   समितिको काम कर्तव्य र अधिकार सम्बन्धमा गण्डकी प्रदेश, प्रदेश सभा नियमावली, २०७४ को नियम १५१ मा उल्लेख गरिएको छ । उक्त नियमको उपनियम १ मा आफ्नो कार्यक्षेत्रको परिधिभित्र रही अर्थ तथा विकास समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरिएको छ
क) मन्त्रालय, निर्देशनालय र अन्तर्गतका निकायहरुको नीति तथा कार्यक्रम, श्रोत परिचालन, व्यवस्थापन र अन्य यस्तै क्रियाकलापको मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने ।
ख) मन्त्रालय, निर्देशनालय र अन्तर्गतका निकायको राजश्व र व्यय सम्वन्धि अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरीका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्वन्धमा सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने ।
ग) मन्त्रीले सरकारको तर्फबाट बैठकमा समय–समयमा दिएका आश्वासनलाई पूरा गर्न प्रदेश सरकारद्धारा के–कस्ता कदम उठाएका छन् सो सम्वन्धमा अध्ययन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने ।
घ) विषयसँग सम्वन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने।
ङ) सभाद्धारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम, संविधान, सम्वन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन र सरकारद्धारा प्रचलित ऐन, नियम अनुरुप काम भए गरेको छ वा छैन भन्ने विषयमा मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने ।
च) प्रदेश सरकारद्धारा समय–समयमा गठन हुने छानविन आयोग÷समितिद्धारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्वन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने।
छ) मन्त्रालय, निर्देशनालय र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्यांकन गरी सो सम्वन्धमा आबश्यक निर्देशन दिने । ज) बैठकले सुम्पेको अन्य काम गर्ने ।
झ) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम संचालन गर्ने ।
उल्लेखित् काम, कर्तव्य र अधिकारको प्रयोग गरी कार्यसम्पादन गर्दा समितिले सम्वन्धित मन्त्रालय तथा निर्देशनालय, आयोग र निकायका प्रतिनिधि र आवश्यक परे तत् तत् विषयका विशेषज्ञहरुसँग समेत छलफल गर्न सक्ने, आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले वहन गर्ने सन्दर्भमा आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने, समितिको कार्यसम्पादनको सिलसिलामा समितिका सदस्यले सभामुखको पूर्व स्वीकृती लिई आवश्यक स्थानको भ्रमण गर्न सक्ने र बैठकमा प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदन वार्षिक अनुमान पेश हुनु अगाबै र अन्य प्रतिवेदन जुनसुकै समयमा प्रस्तुत गर्न सक्ने जस्ता व्यवस्थाहरु रहेका छन् ।

गतिविधिहरु:

प्रकाशनहरु / डाउनलोडस् :