- परिचय
- काम कर्तव्य र अधिकार
- बैठकहरु
- सूचनाहरु
- गतिविधिहरु
- डाउनलोडहरु
- पदेन सदस्यहरु
- सदस्यहरु
- समितिका कर्मचारीहरु
1. समितिको परिचय
संसदीय अभ्यासको एक महत्त्वपूर्ण विशेषता संसदीय समितिहरूको व्यवस्था हो। नेपालको संविधानको धारा १९३ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार प्रदेश सभा नियमावली, २०८० को नियम १५३ को व्यवस्था अनुसार प्रदेश सभाले विभिन्न चार विषयगत समितिको गठन गरेको छ। यी विषयगत समिति मध्ये प्रदेश मामिला तथा कानून समिति एक महत्वपूर्ण समिति रहेको छ। नियमावलीको व्यवस्था अनुसार नै मिति २०८० साल साउन ३० गते गठन भई गण्डकी प्रदेश सभा, प्रदेश मामिला तथा कानून समितिले आफ्नो कार्यक्षेत्र अनुसारका कामकारवाही निरन्तर सम्पादन गर्दै आएको छ।
गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५५ अनुसार सभामुखले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा सभाको सहमति लिई नियम १५३ बमोजिम प्रत्येक समितिमा पदेन सदस्य सहित वढीमा १५ सदस्य रहने गरी समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ। नियमावलीको सोही व्यवस्था अनुसार हाल १३ सदस्य रहने गरी प्रदेश मामिला तथा कानून समिति गठन भएको छ।
समितिको काम, कर्तव्य र अधिकार
गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५८ बमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेको छ ।
(क) आफ्नो कार्यक्षेत्र भित्र पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न आयोग र निकायसँग सम्बन्धित विधेयक उपर दफावार छलफल गरी सो सम्बन्धी प्रतिवेदन सभामा पेश गर्ने,
(ख) विधेयकको दफावार छलफल गर्ने क्रममा सो सँग सम्बन्धित सरोकारवाला वा विषय विज्ञसँग छलफल र अन्तर्क्रिया गरी राय सुझाव संकलन गर्ने,
(ग) प्रदेशभित्र शासन व्यवस्था¸ सुशासनको अवस्था, आमसञ्चार, मानव अधिकारको अवस्थाको बारेमा विभिन्न मन्त्रालय¸आयोग र निकायलाई आवश्यक निर्देशन दिने,
(घ) प्रदेश भित्र कानून, न्याय, शान्ति सुरक्षा, सुव्यवस्था, प्रदेश निजामती सेवा, प्रदेश प्रहरी व्यवस्थापन, प्रदेश कानुन कार्यान्वयनको अवस्था र अन्तर प्रदेश तथा स्थानीय तहसगँको अन्तरसम्बन्ध बारेमा सम्बन्धित मन्त्रालय¸ निकाय वा आयोगसँग छलफल गरी आवश्यक राय परामर्श र निर्देशन दिने,
(ङ) प्रदेश भित्र विपद व्यवस्थापनको लागि पूर्व तयारी र विपद भईसकेपछिको अवस्था बारेमा सम्बन्धित निकायसँग छलफल गरी आवश्यक निर्देशन दिने,
(च) मन्त्रालय, निर्देशनालय र अन्तर्गतका निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापनको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
(छ) सम्बन्धित मन्त्रालयको मन्त्रीले सरकारको तर्फबाट बैठकमा समय-समयमा दिएका आश्वाशनलाई पूरा गर्न प्रदेश सरकारद्वारा के-कस्ता कदम उठाइएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
(ज) गण्डकी प्रदेश सभाद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत प्रदेश सरकारले बनाउनु पर्ने नियम बनाएको छ वा छैन, बनाएको नियम संविधान, सम्बन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन र प्रदेश सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप काम भए गरेको छ वा छैन भन्ने विषयमा मुल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(झ) गण्डकी प्रदेश सरकारद्वारा समय-समयमा गठन हुने छानबिन आयोग¸समिति र जाँचबुझ आयोग, प्रादेशिक आयोग तथा प्रतिष्ठानसँग सम्बन्धित विषय र प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
(ञ) मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ट) समितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कानून कार्यान्वयनको अवस्था सम्बन्धमा कानून निर्माण भएको तीन वर्ष अवधि पुगेका कानूनको अध्ययन गरी राय सहितको प्रतिवेदन सभामा पेश गर्ने, यसरी समितिले कानून कार्यान्वयनको अध्ययन गर्दा आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्तर्गतका निकायबाट कानून कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन माग गर्ने,
(ठ) समितिको कार्यक्षेत्र अन्तर्गतका संवैधानिक आयोगका काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन दिने, वार्षिक प्रतिवेदन माथि छलफल गरी सुझाव दिने,
(ड) समितिले सरोकारवाला व्यक्ति, संस्था र हित समूह आदिबाट प्राप्त उजुरी, निवेदन तथा गुनासा लगायत समितिको कार्यक्षेत्रमा पर्ने जनसरोकारका विषयमा छलफल गरी आवश्यक निर्देशन दिने, यसरी समितिले छलफल गर्दा आवश्यक ठानेमा निवेदक, उजूरीकर्ता र सूचकलाई बैठकमा आमन्त्रण गर्न सक्ने,
(ढ) समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी पूरा गर्न आवश्यक कार्ययोजना र कार्यतालिका बनाई लागू गर्ने,
(ण) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधिनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने,
(त) बैठकले सुम्पेको अन्य काम गर्ने ।
- कुनै विवरण उपलब्ध छैन ।
- कुनै विवरण उपलब्ध छैन ।
| S.N | पदेन सदस्यहरुः | सम्पर्क नं. |
| १ | मुख्पमन्त्री मा. सुरेन्द्रराज पाण्डे | ९८४७६२८७५० |
मा. खगराज अधिकारी
नेकपा एमालेकास्की
9856026835
मा. डिल्ली राम सुबेदी
नेपाली काङ्ग्रेसबागलुङ
9851037136
मा. देवका पहारी त्रिपाठी
नेकपा एमालेकास्की
9856049618
मा. बिकल शेरचन
नेपाली काङ्ग्रेसमुस्ताङ
9846588313
मा. मुनिन्द्र जङ गुरुङ
नेपाली काङ्ग्रेसमनाङ
9846589578
मा. भेष बहादुर पौडेल
नेपाली काङ्ग्रेसलमजुङ
9856028652
मा. राज कुमारी भुजेल
नेकपा एमालेकास्की
9856014044
मा. रेखा गुरुङ
नेपाली काङ्ग्रेसपर्वत
9847673811
मा. मित्रलाल वस्याल
नेकपा एमालेपर्वत
9857630755
मा. रोशन बहादुर गाहा थापा
नेकपा एमालेनवलपरासी ((बर्दघाट सुस्ता पूूर्व)
9857040785
झनकराज अधिकारी
पद: अधिकृत छैठौं
9846530151
गीता दवाडी
पद: माइक संचालक
9846042840
सूर्य बहादुर केसी
पद: कार्यालय सहयोगी
9846463090
राम बहादुर थापा
पद: कानून अधिकृत
9846412923
बिष्णु पोख्रेल
पद: सहायक प्रशासकीय अधिकृत
9846036888
सभापती
मा. चम्पा देवी खड्का
